७०औं प्रहरी दिवस सर्लाहीमा पनि भव्य रूपमा मनाईयो

२०८२ आश्विन ३१, शुक्रबार २०:१०

मलंगवा – “नागरिक–प्रहरी सहकार्य: सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ भव्य रूपमा मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, मातहत प्रहरी कार्यालयका प्रमुख, कार्यरत प्रहरी कर्मचारी, जिल्ला सुरक्षा समितिका सदस्य, भूतपूर्व प्रहरी कर्मचारी, सहिद प्रहरी परिवार, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न कालखण्डमा देशका लागि ज्यान आहुति दिएका अमर प्रहरी तथा वीर प्रहरीहरूको स्मरण गर्दै प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण, मौनधारण र शोक सलामी प्रदान गरिएको थियो ।

सो अवसरमा प्रहरी नायव उपरीक्षक सरोज राईले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको शुभकामना सन्देश वाचन गर्दै संगठनप्रति निष्ठा, सेवाभाव र जनताको सुरक्षाप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरूले प्रहरीको भूमिकालाई सराहना गर्दै नागरिक र प्रहरीबीच अझ घनिष्ठ सहकार्यको आवश्यकता औंल्याएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार