रौतहटमा नुहाउने क्रममा खोलामा डुबेर दुई जना बालकको मृत्यु

२०८२ कार्तिक १, शनिबार १८:०९

सर्लाही – रौतहटमा नुहाउने क्रममा खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिका – ५, शिवनगरस्थित झाँझ खोलामा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको हो।

शनिबार दिउँसो खोलामा नुहाउन गएका देवाही गोनाही नगरपालिका – ३ का सञ्जीव साहका १० वर्षीय छोरा नीरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार नुहाउने क्रममा दुवै बालक खोलाको गहिरो भागमा पुगेपछि डुबेका थिए। स्थानीयवासीले तत्काल उद्धार गरी शिवनगरस्थित सञ्जीवनी अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार