नवलपुरमा सवारी दुर्घटनाः सर्लाहीकी महिलाको मृत्यु, श्रीमान् र छोरा गम्भीर घाइते

२०८२ कार्तिक १, शनिबार २१:३२
सांकेतिक तस्बिर

सर्लाही – नवलपुरको चोरमारा बजार नजिकै शनिबार दिउँसो भएको सवारी दुर्घटनामा सर्लाहीको लालबन्दीकी एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् र १० वर्षीय छोरा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोतीबाट नवलपरासीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट जिजे १४ जेड ६४६ बसले त्यही दिशा जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार अनिता चौधरीको मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याउँनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका थिए। उनका श्रीमान् नरेश चौधरी र छोरा अनुज चौधरी घाइते भएका छन्। नरेश चौधरी नेपाल प्रहरीमा सहायक हवल्दारको रुपमा कार्यरत छन्।

घाइतेहरूको अवस्था गम्भीर रहेको र थप उपचारका लागि उनीहरूलाई आवश्यक मेडिकल उपकरणसहित चिकित्सकको निगरानीमा चितवन मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार