सर्लाही – सिरहामा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढीमाई नगरपालिका-८ टेना टोलमा ग्राभेल खनिएको खाल्डोको पानीमा डुबेर एक जना बालिकाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा स्थानीय दिनेश यादवकी १३ वर्षीया छोरी आकृतिकुमारी यादव रहेकी छन्। आइतबार दिउँसो ३ बजे उनलाई स्थानीयले बस्तीभन्दा ५ सय मिटर पर रहेको शिव महतोको खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबिरहेको अवस्थामा देखेका थिए ।

त्यसपछि तत्कालै उनलाई परिवारजनले उपचारका लागि अस्पतालमा लगेका थिए। स्थानीय अस्पतालमा चिकित्सकले उपचारको क्रममा उनलाई मृत घोषणा गरेका थिए। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





