विपिनको शव आज नेपाल ल्याइँदै

२०८२ कार्तिक ३, सोमबार ०७:२३

सर्लाही – नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदैछ । इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ । काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पु¥याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार