सर्लाही – वीरगन्ज प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्साको पकहाँ मैनपुर गाउँपालिका – ५ का १९ वर्षीय पुष्पेन्द्र पाण्डे र भारत बिहारका रक्सौल निवासी १९ वर्षीय सचिन कुमार सिंह रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति वीरगन्ज – १४ गण्डक चोकमा नियमित चेकजाँचका क्रममा काठमाडौं जाँदै गरेको एक रात्रिबस रोकेर तलासी लिँदा उनीहरूको झोलाबाट ठूलो मात्रामा लागूऔषध फेला परेको हो।

पाण्डे र सिंहले साथमा बोकेको कालो ब्यागबाट प्रहरीले ट्रामाडोल क्याप्सुल २३ हजार ८८० पिस बरामद गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।





