सर्लाही – रुपन्देहीमा दुर्गा पूजाको मुर्ति विसर्जन गर्ने क्रममा तीन जना युवाको डुबेर मृत्यु भएको छ।
जिल्लाको गैडहवा गाउँपालिका – ६ सूर्यपुरा घाटमा मूर्ति विसर्जन गर्ने क्रममा उनीहरू पानीमा डुबेका हुन्। मृत्यु हुनेमा मायादेवी गाउँपालिका– १ का १३ बर्षीय अजय हरिजन, १५ बर्षिय दीपु हरिजन र २८ बर्षिय रोहित हरिजन रहेका छन्।

घटनापछि प्रहरी र स्थानीयवासीले खोजतलास थालेका थिए। करिब दुई सय मिटर तल ती युवाहरूका शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाटमा दिउँसो करिब तीन बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए।
सोही स्थानमा छठ पर्वको तयारी पनि भइरहेको बताइएको छ। यसअघि पनि तिहारको समयमा गाउँका तीन युवाको डुबेर मृत्यु भएको थियो।





