सर्लाही – सर्लाहीको मलङ्गवा नगरपालिका – ४ मा अज्ञात गर्भवती महिला अचेत अवस्थामा फेला परेकी छिन् । उनी हाल प्रादेशिक अस्पताल मलङ्गवाको स्त्रीरोग कक्ष गाइनो वार्ड मा उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ ।
घरधनी राज कुमार चौधरीका अनुसार ती महिला करिब १५ दिनअघि उनको घरमा भाडामा बसेकी थिइन् । “महिला गर्भवती थिइन् र चम्की रोगबाट पीडित पनि देखिन्थिन् । स्वास्थ्य अवस्था बिग्रिएपछि हामीले उनलाई अस्पताल पुर्यायौं,” चौधरीले बताए ।

बिरामीको कुनै ठेगाना र अभिभावक नखुलेका कारण उपचार अघि बढाउन जोखिम महसुस भइरहेको अस्पताल श्रोतले जनाएको छ। प्रादेशिक अस्पताल मलङ्गवाले उक्त महिलाको पहिचान खुलाउन आग्रह गरेको छ ।





