तिहार हिजै सकियो, आज पनि तिहारकै सार्वजनिक बिदा

२०८२ कार्तिक ७, शुक्रबार ०६:३९
सांकेतिक तस्बिर

सर्लाही – तिहार औपचारिक रूपमा बिहीबारै सम्पन्न भए पनि आज (शुक्रबार) देशभर सरकारी कार्यालयहरू बन्द छन्।

सरकारले तिहारकै अवसरमा आज पनि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयद्वारा जारी राजपत्रमा कात्तिक ३ देखि ७ गतेसम्म तिहारको बिदा तोकिएको छ। तिथि घटबढका कारण यस वर्ष बिदा पाँच दिनसम्म लम्बिएको हो।

यसघि पनि लक्ष्मीपूजा र भाइटीकाबीचको कात्तिक ४ गते अतिरिक्त बिदा थपिएको थियो। त्यस्तै, मंगलबार कुनै विशेष पर्व नभए पनि तिहारकै नाममा सार्वजनिक बिदा दिइएको थियो। गत सोमबारदेखि निरन्तर बन्द रहेका सरकारी कार्यालयहरू अब आइतबारदेखि मात्र नियमित रूपमा सञ्चालन हुने भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार