नेपाल कुशवाहा कल्याण समाज सर्लाहीको वार्षिक साधारण सभा सम्पन्न

२०८२ कार्तिक ७, शुक्रबार २२:२५

बरहथवा – सर्लाही जिल्लाको बरहथवा नगरपालिकास्थित कुशवाहा धर्मशालामा आज शुक्रबार नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्य समिति सर्लाहीको वार्षिक साधारण सभा २०८२ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय बरिस्ठ उपाध्यक्ष उपेन्द्र कुशवाहा रहेका थिए।

त्यस्तै, सभापति जिल्ला अध्यक्ष लक्ष्मण महतो , विशिष्ट अतिथिको रूपमा, प्रदेशसभा सदस्य जबाहर कुशवाहा, जिल्ला समन्वय समितिका उपसभापति तथा केन्दीय सल्लाकार जितेन्द्र कुशवाहा, बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा, चन्द्रनगर गाउँपालिकाकी उप-मेयर गीता देवी महतो, बरहथवा नगरपालिकाका पूर्व मेयर देवानन्द महतो, समाजसेवी अमेरेन्द्र सिंह, रामलोभित सिंह, राजन सिंह, राजनारायण सिंह लगायतका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न पालिकाका उपाध्यक्ष, वडाध्यक्ष, पत्रकार, शिक्षक, व्यापारी, कर्मचारी, किसान तथा राजनीतिक दलका प्रतिनिधिहरूसहित करिब ५०० जना सहभागी रहेका थिए। कार्यक्रमको आयोजना नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्य समिति सर्लाहीले गरेको थियो भने नेपाल कुशवाहा कल्याण समाज नगरकार्य समिति बरहथवा सर्लाही र किस नेपाल सर्लाहीले सहकार्य गरेको थिए।

कार्यक्रममा बोल्दै प्रमुख उपेन्द्र कुशवाहाले बरहथवा नगरपालिकामा अवस्थित कुशवाहा धर्मशाला मधेश प्रदेशकै पहिलो कुशवाहा धर्मशाला भएको बताए। उनले उक्त धर्मशालाको हालसम्म उद्घाटन हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै छिट्टै उद्घाटन गरिने जानकारी समेत दिए।

त्यस्तै, समाजसेवी अमेरेन्द्र सिंहले निकटै आउँदै गरेको पवित्र छठ पर्वको शुभकामना व्यक्त गर्दै सम्पूर्ण कुशवाहा समुदायलाई नेपाल कुशवाहा कल्याण संगठनमा कसरी एकीकृत गर्न सकिन्छ र सहयोगका माध्यमहरू के हुन सक्छन् भन्ने विषयमा छलफल भएको जानकारी दिए।

सभामा बोल्दै बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले समाजको एकता, जागरण र प्रगतिपथमा निरन्तर योगदान पुर्‍याउँदै आएका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरे। उनले आगामी दिनमा समाजले अझ ठूलो एकता र विकासका नयाँ अध्यायहरू लेखोस् भन्ने शुभकामना व्यक्त गर्दै पवित्र छठ पर्वको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार