सर्लाही – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पदबाट राजीनामा दिनुपर्ने बताएका छन।
बिहीबारको केन्द्रीय कमिटी बैठकमा खनालले स्पष्ट रूपमा भने, “हाम्रो अध्यक्षमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाएको छ, त्यसैले उहाँले पद छोड्नै पर्छ।”

माधव नेपाल हाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन्। पार्टी भित्र पनि यस विषयमा पदबाट हटाउनुपर्ने दबाब लामो समयदेखि रहिरहेको छ।





