महोत्तरीमा मोटरसाइकलको ठक्करबाट १० बर्षिया बालिकाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

२०८२ कार्तिक १३, बिहीबार १५:४१
सांकेतिक तस्बिर

सर्लाही – महोत्तरीको औरही – ४ कटुधारमा बुधबार अपराह्नि मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। स्थानीय गोविन्द यादवकि १० वर्षीया छोरी शिवानी यादवको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। बालिकाको मृत्युपछि स्थानियहरूले सडक अवरुद्ध गरेका छन्।

घटनास्थलमा उनका पिता गोविन्द यादवका अनुसार शिवानी साइकलमा सन्ध्या यादवसँगै यात्रा गरिरहेकी थिइन्। सोहि क्रममा कालो ज्याकेट लगाएका मोटरसाइकलका चालकले बालिकालाई ठक्कर दिएका थिए र त्यसपछि फरार भएका थिए।

घाइते बालिकाको राति नै जानकी एकेडमिक अस्पतालमा उपचारका क्रममा निधन भएको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए। स्थानीयवासीहरूले दोषीलाई खोजी गरी कारबाहीको माग गर्दै बुधबार बिहान ११ बजेदेखि हाुलाकी राजमार्ग अवरुद्ध गरेका थिए।

इलाका प्रहरी कार्यालय गौशालासँग भएको वार्तापछि प्रहरीले दुई दिनभित्र दोषी पत्ता लगाएर कारबाही अघि बढाउने प्रतिबद्धता जनाएपछि सडक खोल्न तयार रहेको स्थानीयहरूले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार