रौतहटबाट काठमाडौँतर्फ गइरहेको बस चितवनमा दुर्घटना

२०८२ कार्तिक १४, शुक्रबार ०७:१५
सांकेतिक तस्बिर

सर्लाही – रौतहटको गौरबाट काठमाडौँतर्फ यात्रु लिएर गइरहेको बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जङ्गल क्षेत्रमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ३३ जना यात्रु घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनापछि घाइतेहरूलाई तुरुन्तै उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि लगिएको छ ।

उनका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ । दुर्घटनापछि केही समय अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग हाल पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार