सर्लाही – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सघन उपचार कक्ष (आइसियू)मा भर्ना गरिएको छ।
मिर्गौलामा संक्रमण देखिएपछि आलमलाई सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा राखी उपचार जारी राखिएको परिवार स्रोतले जनाएको छ।

उनी लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित रहँदै आएका छन् र नियमित डायलाइसिस गराउँदै आएका थिए। रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका आलमले अतीतमा वन तथा वातावरणमन्त्री र श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।





