गोडैता – सर्लाहीको गोडैता नगरपालिकामा नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रम सम्बन्धि दुई दिने बार्षिक समिक्षा गोष्ठी सुरु भएको छ। स्वास्थ्य शाखाको आयोजना उक्त गोष्टि आज ( मलंगवार ) बाट सुरु भएको हो।
भोलि ( बुधबार ) सम्म संचालन हुने गोष्टिमा नगरपालिका भित्र रहेका १३ वटा स्वास्थ्य चौकीहरुले बितेका बर्षमा के, कस्ता, कसरि सेवाहरु दिए, स्वास्थ्य चौकीको अवस्था के कस्तो छ ? र आउँदो बर्ष, आगामी दिनहरुमा कसरि सेवा दिने भन्ने बिषयमा छलफल गरिनेछ।

गोष्टीको आज पहिलो दिन ‘गोष्टीको उद्देश्य’ सहित नगरपालिका भित्र रहेका केहि स्वास्थ्य चौकीहरुको बार्षिक समिक्षा गरिएको छ।
भोलि गोष्टीको दोश्रो दिन बार्षिक समिक्षा गर्न बाँकी रहेका स्वास्थ्य चौकीहरुको समिक्षा, मुल्यांकन र उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्य चौकीहरुलाई सम्मानलगायतका कार्यक्रमहरु गरिने स्वास्थ्य शाखा गोडैताका प्रमुख प्रमोद पण्डितले जानकारी दिए।





