अहिले हाम्रो संविधान कठिन अवस्थामा छ – महेन्द्र यादव

२०८२ कार्तिक १९, बुधबार १७:३८

सर्लाही – नेता महेन्द्रराय यादवले अहिले संविधान कठिन रहेको बताएका छन्। बुधबार १० राजनीतिक दलबीच बृहत एकता घोषणा कार्यक्रममा बोल्दै उनले अहिले संविधान धेरै नै कठिन अवस्थामा रहेकोबताएका हुन्।

उनले स्वार्थपूर्ण गर्नपुर्न उठानवादी शक्तिहरु र प्रतिगामी शक्तिहरु सलबाई रहेको बताए। उनले छुट्टाछुट्टै रहेका शक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताए।

‘अहिले संविधान बहुत कठिन अवस्थामा छ यो अवस्थाबाट बचाउ गर्नको लागि स्वार्थीपूर्ण देशमा पुर्न उठानवादी शक्तिहरु प्रतिगामी शक्तिहरु सलबाई रहेकाछन्।उसको उदेश्य नेपालको संविधानलाई समाप्त गर्ने, उलंघन गर्ने छन्।

यो देशमा भएको उपलब्धिलाई सार्वजनिक गर्नको लागि कम्युनिष्ट पार्टी हामी यो १० पाण्ड्वत ५ भैदियो हामीत यहाँ १० भाईखडा भएका छौँ। अब हाम्रो जित निश्चित छ।त्यसैले यो सबै न्यायको लडाई हो,’ उनले भने।

उनले मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा पु¥याउनु पर्ने भन्दै जेनजेड आन्दोलनले यो मुद्दालाई पुनःउठाइ दिएको बताए।

‘अब अहिलेको समय मुलुकलाई अब प्रत्यक्ष निर्वाचितकार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा पु¥याउनु पर्ने हुन्छ। जेनजेड आन्दोलनले यो मुद्दालाई पुनःउठाइ सकेको छ,’ उनले भने। – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार