सर्लाहीमा एक पुरुष मृत फेला

२०८२ कार्तिक २२, शनिबार १८:५३
file image

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका – १५ स्थित देउराली गाउँ नजिकको जंगलमा आज दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

लालबन्दी – १६, परवानीपुर पक्का बाँधका ५३ वर्षीय भरत बस्नेतको शव स्थानीयले जंगलभित्र देखेपछि प्रहरीलाई खबर गरेका थिए। बस्नेत देउराली गाउँतर्फ जाँदै गर्दा भूमरा नजिकको बाटो छेउको जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थल पुगेको प्रहरीले शवको प्रारम्भिक अनुसन्धानपछि मृतकका छोरा मार्फत सनाखत गरेको र त्यसपछि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार