सर्लाही – मधेश प्रदेशका नयाँ मुख्यमन्त्री सरोजकुमार यादवले पदभार सम्हालेको केही घण्टामै तीन जना मन्त्री नियुक्त गरेका छन्।
संविधानको धारा १६८(३) अनुसार आज बिहान मुख्यमन्त्रीमा नियुक्त भएका यादवले तत्कालै मन्त्रिपरिषद् गठनको प्रारम्भिक चरण पूरा गर्दै एमालेका लखन दास, संघीय समाजवादी पार्टीकी विमला अन्सारी र राप्रपाकी कन्चन बिच्छालाई मन्त्री बनाएका हुन्।

हाल उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन। मुख्यमन्त्री यादवले दलगत सन्तुलन र सरकारको प्रारम्भिक स्थायित्वलाई ध्यानमा राख्दै मन्त्रिपरिषद् विस्तारको तयारी अगाडि बढाइरहेका छन्।





