सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव गएसाँझ सर्लाही आएर फर्किएका छन्। उनी नेकपा एमाले सर्लाहीका अध्यक्ष राज नारायण साहकी आमा स्व. रामवती देवी साहको अन्तिम संस्कारपछि आयोजित शान्ति भोजमा सहभागी हुन आएका थिए।
सदरमुकाम मलंगवा आएका अवसरमा मुख्यमन्त्री यादवले एमालेका केही नेता तथा कार्यकर्तासँग छोटो भेटघाट पनि गरेका थिए। मुख्यमन्त्री यादवको नियुक्तको समयमा प्रदेशमा नियुक्ति विवाद र राजनीतिक तनाव रहेको कारण सुरक्षा कडा बनाइएको थियो।

नेपाली सेना र प्रहरीको संयुक्त टोलीले उनको सुरक्षामा विशेष व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। शान्ति भोजमा सहभागी भएपछि उनी राति नै प्रदेश राजधानी जनकपुर फर्किएका थिए।





