सर्लाही – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या प्रकरणमा एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ।
भोजमा को कति परिकार खाने भन्ने विषयमा सुरु भएको सामान्य विवाद झगडामा परिणत भएपछी प्रहरी जवान शम्भु यादवले वडाध्यक्षमाथि गोली चलाएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार गोली प्रहार हुँदा अन्य केही व्यक्ति पनि घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याईएको र उनीहरूको उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।
मृतक वडाध्यक्ष यादवको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ। घटनामा संलग्न प्रहरी जवान शम्भु यादव धनुषा जिल्ला प्रहरी कार्यालयमै कार्यरत रहेको पाईएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको छ।





