सर्लाही – बारामा ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका – ६ बस्ने ३५ वर्षीया सुशीला देवी र पर्साकै पोखरिया नगरपालिका – ७ बस्ने ३० वर्षीया पूजा देवी रहेका छन्।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा शनिबार दिउँसो ३:४० बजेको समयमा इलाका प्रहरी कार्यालय सिमरा, बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पथलैयातर्फ पैदल आउँदै गरेका शङ्कास्पद उनीहरुलाई रोकेर खानतलासी गर्दा एक जनाको साथबाट ७ पुरियामा राखिएको ४४ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





