सर्लाही – मधेसको राजनीतिक अस्तव्यस्तता र बढ्दो भ्रष्टाचारप्रति असन्तुष्टि जनाउँदै जनकपुरधामका युवाहरूले प्रदेशसभाको विघटन र राष्ट्रपति शासन लागू गर्न माग गरेका छन्।
आइतबार युवाहरूको एक समूहले प्रदेश प्रमुख डा. सुरेन्द्र लाल यादवलाई भेटेर बुझाएको ज्ञापनपत्रमा हालको सत्ता संघर्ष, प्रशासनिक बेथिति र निरन्तर देखिएको राजनीतिक नाटकले मधेसका नागरिक निराश भएको उल्लेख छ।

युवाहरूले ‘मधेसी जनताको हितका लागि अब राष्ट्रपति शासन नै उचित विकल्प’ रहेको दाबी गरेका छन्। पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि प्रदेशमा बढेको सत्ताको रस्साकस्सीले सङ्घीयता नै विवादमा परेको र मधेसी जनताको छवि समेत प्रभावित भएको उनीहरूको आरोप छ।
ज्ञापनपत्रमार्फत प्रदेशसभा विघटन गरी नागरिक सरकार वा राष्ट्रपति शासनमार्फत नयाँ निर्वाचनमा जान सुझाव दिइएको छ।





