विज्ञापन प्रकाशनमा अनियमितता गरेको आरोपमा डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

२०८२ कार्तिक ३०, आईतवार १७:४५

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसमेत ४ जना र सान्दर्भिक मिडिया नेटवर्कविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले विज्ञापन प्रकाशित गर्दा मिलेमतोमा लुकाएर अनिमियता गरेको भन्दै डिभिजन प्रमुख यादव, लेखापाल प्रदीप दास, सान्दर्भिक मिडिया नेटवर्क तथा सो संस्थाका प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशनका बजार प्रबन्धक सन्तोषराज खरेल विरुद्ध मुद्दा दर्ता गरेको हो।

अख्तियारले उनीहरूमाथि करिब ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो तोकिएको उल्लेख गर्दै भ्रष्टाचार निवारणसम्बन्धी कानुन अनुसार सजाय मागसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार