बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

२०८२ मंसिर १, सोमबार १५:१६
file image

सर्लाही – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनामाथि मानवताविरुद्धका गम्भीर अपराधमा दोषी ठहर गर्दै विशेष न्यायाधिकरणले मृत्युदण्डको फैसला सुनाएको छ।

महिनौँसम्म चलेको सुनुवाइपछि अदालतले उनलाई गत वर्ष भएको विद्यार्थी नेतृत्वको आन्दोलनमा ‘हिंसात्मक दमन’ गर्न निर्देशन दिएको प्रमाणित भएको जनाएको छ।

उक्त निर्णयसँगै हसिनाका दुई नजिकका सहयोगी (पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अलमामुन) पनि उस्तै आरोपमा दोषी ठहरिएका छन्।

७८ वर्षीया हसिनाले भारतमा रहँदै गर्दा न्यायाधिकरणको हाजिर हुन गरेको आदेशलाई बेवास्ता गरेकी थिइन्। उनीमाथि गत वर्ष अगस्ट ५ मा भएको विद्यार्थी विद्रोहलाई निर्मम रूपमा दबाउन निर्देशन दिएको आरोप लगाइएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार