मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

२०८२ मंसिर १, सोमबार १५:२२

सर्लाही – सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार मधेसका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न निर्देशन दिएको हो।

गत कात्तिक २७ गते सभामुख मण्डलले जसपा नेपालका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदको पदमुक्त गरेका थिए। पदमुक्त हुने सांसदहरुमा जसपाका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, सारदा शंकर साह कलबनर तथा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह रहेका छन्।

सभामुखको निर्णय असंवैधानिक रहेको दाबी गर्दै ती पाँचै जना सांसद सर्वोच्च अदालतमा पुगेका थिए, जस अनुसार अदालतले हाललाई उनीहरूलाई पदमुक्त नगर्न आदेश दिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार