दोस्रो संस्करणको एनपिएलः उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको रोमाञ्चक जित

२०८२ मंसिर १, सोमबार १९:४६

सर्लाही – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णालीयाक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णालीयाक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार