यूएईमा ४ महिनामै ९३ नेपालीले ज्यान गुमाए

२०८२ मंसिर २, मंगलवार १८:१०

सर्लाही – संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारीका क्रममा गएको चार महिनाभित्र ९३ नेपालीको ज्यान गएको छ।

अबुधावीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उक्त संख्यामा मृत्यु भएको पुष्टि गरिएको हो।

दूतावासका अनुसार साउन महिनामा मात्र ३२ नेपालीले ज्यान गुमाए भने भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जनाको मृत्यु भएको हो। मृत्यु भएका सबै जना रोजगारीका लागि यूएई गएका थिए।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै यूएईमा ३१२ नेपालीले ज्यान गुमाएका थिए, जसको औसत मासिक मृत्यु संख्या २६ थियो। सोभन्दा अघिल्लो वर्ष २०८०/८१ मा २३१ नेपालीले ज्यान गुमाएका थिए।

दूतावासले जनाए अनुसार सडक दुर्घटना, कार्यस्थलमा हुने दुर्घटना, मुटु तथा हृदयाघातजस्ता स्वास्थ्य समस्या यो मृत्यु संख्या बढ्नाका मुख्य कारण देखिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार