नितिश कुमार बिहारको १०औं पटक मुख्यमन्त्री बन्दै

२०८२ मंसिर ४, बिहीबार ०८:२५

सर्लाही – नितिश कुमारले आज १०औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिदै छन्। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट नेता चयन भएका नितिश कुमार आज दशौँ पटक मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्दैछन्।

बुधबार नितिशलाई व्यवस्थापिका दलको नेता चयन गरेपछि उनले राज्यपाल आरिफ मोहम्मद खानलाई राजीनामा बुझाउँदै नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।

शपथ ग्रहणका लागि पटनाको ऐतिहासिक गान्धी मैदान तयारीसहित सजिएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्रीहरू, एनडीएका शीर्ष नेता तथा गठबन्धनमा सामेल राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति रहने बताइएको छ।

हालै सम्पन्न विधानसभा निर्वाचनमा एनडीएले २४३ सिटमध्ये २०२ मा विजयी हुँदै स्पष्ट बहुमत हासिल गरेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार