११ औँ दिनमा खुल्यो मलंगवा नगरपालिकाको ताला

२०८२ मंसिर ४, बिहीबार ०९:३७

सर्लाही – सर्लाहीको मलंगवा नगरपालिकामा ११ दिनपछि ताला खोलिएको छ।

नगरप्रमुख नागेन्द्र प्रसाद यादवले जनप्रतिनिधिहरूले उठाएका १० बुँदे माग बेवास्ता गरेको भन्दै उपप्रमुख शकुन्तला देवी साहको नेतृत्वमा कात्तिक २३ गतेदेखि सबै १२ वटै वडाका अध्यक्षहरूले नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको थियो।

बुधवार नयाँ प्रमुख प्रशासकीय अधिकृत उपसचिव होमप्रसाद घिमिरेले औपचारिक रुपमा हाँजिरि गरी १० बुँदे माग कार्यान्वयन गर्ने जिम्मेवारी लिने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो।

नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष नवल किशोर रायका अनुसार शिक्षक तथा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता वितरण, योजना बजेट कार्यान्वयन, वडा तहमा कर्मचारी र प्राविधिक व्यवस्थापन, छठ कार्यक्रमका खर्च भुक्तानी, नाला सरसफाइ र नगर शिक्षा समितिमा सदस्य अदलाबदल लगायतका विषयमा सम्झौता भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार