१४ वर्षदेखि अलपत्र कमला पुल तीन महिनाभित्र सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

२०८२ मंसिर ६, शनिबार ११:३६

सर्लाही – धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण भइरहेको अधुरो पुल अब तीन महिना भित्रै सम्पन्न हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।

घिसिङले स्थलगत निरीक्षण गर्दै निर्माण ढिलाइले स्थानीयवासीले भोगिरहेको असुविधा र जोखिमको प्रत्यक्ष अनुभवसमेत गरेका थिए।

४६९ मिटर लामो यस पुलको हाल ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीलाई विश्वास दिलाउँदै तीन महिनाभित्र काम पूरा गर्ने प्रतिवद्धता जनाएका छन्।

मधेस प्रदेशको यातायात सुविधा, सुरक्षा र आर्थिक विकासमा अत्यन्त महत्वपूर्ण मानिने यो पुल निर्माणलाई मन्त्रालयले नियमित अनुगमन गर्दै आवश्यक सहयोग सुनिश्चित गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार