रौतहटमा स्वचालित दुई पेस्तोल र गोलीसहित एक युवक पक्राउ

२०८२ मंसिर ६, शनिबार १९:५४
साङ्केतिक तस्बिर

सर्लाही – रौतहटमा स्वचालित दुई पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्य रहेका छन्। शनिबार सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका–४, चन्द्रपुरस्थित देउराली चोकबाट उनलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले उनका साथबाट इटालीमा निर्मित दुई पेस्तोल, त्यसका दुई म्याग्जिन, १३ राउन्ड गोली र एकथान खुकुरी बरामद गरेको छ । यस बरामद पेस्तोल तथा अरू सामानसहित उनलाई आवश्यक कारबाहीका निम्ति सम्बन्धित निकायमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार