मोबाइल चोरीको आरोपमा कुटपिटपछि युवकको मृत्यु

२०८२ मंसिर ७, आईतवार ०८:००
सांकेतिक तस्बिर

सर्लाही – मोबाइल चोरी गरेको आरोपमा कुटपिटपछि एक युवकको ज्यान गएको छ। सप्तरीको राजगढ गाउँपालिका – ६ फकिरा घर भएका र हाल राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका १९ वर्षीय मुकेश यादवको उपचारकै क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बरबहादुर पुरीका अनुसार यादवलाई गम्भीर चोट लागेपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो। तर उपचार कै क्रममा उनको मृत्यु भएको हो।

दुई दिन अघि छिमेकी सरो कुमारी साहको मोबाइल हराएपछि यादवमाथि चोरी गरेको आरोप लगाई साहले कुटपिट गरेको बताइएको छ। सोही कुटपिटका कारण घाइते भएका मुकेशको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार