जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमत

२०८२ मंसिर ८, सोमबार ०७:४१

सर्लाही – जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल) र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता कायम भएको छ।

आइतबार तीन दलका अध्यक्षहरू जसपाका अशोक राई, नाउपा नेपालका रेशमलाल चौधरी र राष्ट्रिय मुक्तिका राजेन्द्र महतोले सहमतिपत्रमा हस्ताक्षर गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर सहभागी हुने निर्णय गरेका हुन्।

निर्णय अनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नाउपा नेपालले प्रयोग गर्दै आएको जाँतो (चकिया) चुनाव चिन्हलाई तीनै दलले संयुक्त रूपमा प्रयोग गर्ने सहमति भएको छ।

नेताहरूले विचार मिल्ने अन्य राजनीतिक दलहरूलाई समेत सोही चुनाव चिन्हमा सहभागी हुन आग्रह गर्दै एकताबद्ध रुपमा निर्वाचनमा उत्रने संकेत दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार