सर्लाही – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका भएका छन्।
प्रदेशका सबै ८ जिल्लामा गरी १ लाख १ सय ८५ जनाले नयाँ मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। धनुषामा राष्ट्रिय परिचयपत्रका आधारमा विवरण अद्यावधिक गर्नेहरूको संख्या २० हजार ८ सय ९९ पुगेको छ।

सिरहामा पनि ११ हजार ४३७ जनाले नयाँ मतदाता सूचीकृत गरेका छन्। त्यसमध्ये ९ हजार १३७ जनाले जिल्ला निर्वाचन कार्यालयमार्फत तथा २ हजार २९० जनाले राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत नाम दर्ता गराएका छन्।
यस्तै रौतहट जिल्लामा १६ हजार ८७७ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अन्य जिल्लाहरूको विस्तृत विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्।





