धनुषामा सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ

२०८२ मंसिर १३, शनिबार २१:१२
सांकेतिक तस्बिर

सर्लाही – धनुषामा सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका – ५ महेन्द्रनगर बस्ने ६७ वर्षीय रामभगत साह रहेका छन।

प्रहरीका अनुसार आरोपी साहले आज बालिकालाई एक्लै भएको मौका छोपी बलात्कार गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन्।

पीडित बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार