रौतहटमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

२०८२ मंसिर १४, आईतवार १३:४६

सर्लाही – रौतहटमा लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले गौर रोड घर भएका ३२ वर्षीय भोला साहलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो ।

साहको पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेका साहको बयानका आधारमा चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई पनि नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

लागूऔषध सेवनकर्ता र कारोबारी बढेको भन्दै यहाँका वासिन्दाले चिन्ता व्यक्त गरेका छन् । नेपाल भारत खुल्ला सिमनाका कारण लागू औषध सेवनकर्ता र कारोबारी बढेको अनुमान चन्द्रपुरवासीको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार