रौतहटमा नक्कली नोटसहित तीन जना पक्राउ

२०८२ मंसिर १७, बुधबार ०९:१३
साङ्केतिक तस्बिर

सर्लाही – रौतहटबाट नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट मंगलबार साँझ पक्राउ गरेको हो ।

भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ बर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरी टोलीलाई देखेर उनीहरु खेत हुँदै भाग्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका डिएसपी तथा सूचना अधिकारी बिष्णु प्रदिप बस्यालले बताए ।

उनका अनुसार नक्कली नेपाली नोट १,००० दरका ११८ थान, एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरिएको छ । यस घटनाको विषयमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार