सात दलको सहमतिः मधेस प्रदेशको मुख्यमन्त्री कांग्रेसका कृष्ण यादव बन्ने

२०८२ मंसिर १९, शुक्रबार १५:५८
file image

सर्लाही – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात राजनीतिक दलहरूबीच नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सहमति जुटेको छ। शुक्रबार बसेको सात दलको बैठकले यादवको नेतृत्वमा प्रदेश सरकार बनाउने निर्णय गरेको हो।

लोसपा संसदीय दलका नेता जयनुल रायनका अनुसार केही समयमै सातै दलका शीर्ष नेताहरू प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर सरकार गठनका लागि औपचारिक दाबी पेश गर्ने तयारीमा छन्।

सहमतिको प्रक्रिया अघि बढाएका सात दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोसपा, जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार