सर्लाही – मधेसका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आइतबार ( भोलि ) हुने भएको छ।
सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्री बनेका यादवले भोलि बिहान १०ः३० बजे शपथ लिने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ। प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता सरोज यादवले राजीनामा दिएपछि सत्ता समीकरण बदलिएको थियो।

त्यसपछि कांग्रेसका कृष्ण प्रसाद यादव र लोसपा नेपालका जितेन्द्रप्रसाद सोनल दुवैले मुख्यमन्त्रीका लागि दाबी गर्दै आएका थिए। त्यसपछि छलफल र समन्वयपछि सात दलबीच सहमति जुट्दै यादवको नेतृत्व स्वीकार गरिएको हो।





