सर्लाही – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। आज बिहान ११ बजे मुख्यमन्त्रीको शपथको कार्यक्रम तय भएको जनमतबाट प्रदेश सभा संसदीय दलका नेता महेश यादवले जानकारी दिए।
शपथपछि उनले आजै सानो आकारको मन्त्रिपरिषद् घोषणा गर्ने तयारी अघि बढाएको बताईएको छ। कांग्रेस संसदीय दलका नेता यादव सात दल मिलेर बनेको ७७ सांसदको समर्थनमा गत शुक्रबार मुख्यमन्त्री बनेका हुन्।

यसअघि मंसिर १७ गते नेकपा (एमाले) संसदीय दलका नेता सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि कांग्रेसका यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरिएको हो।





