सर्लाही – सिरहामा १८ बर्षिया किशोरी मृत फेला परेकी छन्।
जिल्लाको कर्जन्हा नगरपालिका – १ की १८ वर्षीया अबिना दनुवार (काली) मृत अवस्थामा भेटिएकी हुन्। प्रहरीका अनुसार आज दिउँसो दनुवारको शव शंकास्पद अवस्थामा फेला परेको हो। प्रहरीले घटनास्थललाई घेराबन्दी गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ।

युवतीको मृत्यु शंकास्पद देखिएकोले थप प्रमाण संकलन भईरहेको र अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत बोलाउने तयारि भईरहेको प्रहरीले जनाएको छ।





