अमेरीकी संस्था माद्वारा सामुदायिक विद्यालय जमुनियाका विद्यार्थीलाई झोला वितरण

२०८२ मंसिर २२, सोमबार २०:२३

बारा – बाराको आदर्श कोतवाल गाउँपालिका – १ जमुनियास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । मधेशी एसोसियसन इन अमेरिका ( एमएए ) केन्द्रीय कमिटीको सहयोग तथा बिधालय ब्यवस्थापन समितिको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको संस्थाको तर्फबाट प्रमुख अतिथिको रूपमा पूर्व प्रधानाध्यापक तथा जिल्ला शिक्षक संघ बाराका पूर्व कोषाध्यक्ष पचरौता – ५ का समाजसेवी केदार बैठा हुनुहुन्थ्यो ।

केदार बैठा मधेशी एसोसिएशन ईन अमेरिका संस्थाका केन्द्रीय उपाध्यक्ष सुभास कुमार बैठाका पिता हुन। ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो । त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ ।

अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ, झोला वितरण गर्दै प्रमुख अतिथि बैठाले भने । बालबालिकाहरुलाई सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि झोला सहयोग गरिएको संस्थाका अध्यक्ष मनोज सिंहले बताए ।

उनले एकता र भावनात्मक रूपमा अडिग रहेर शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि र सामाजिक विषयलाई विकासमा रूपान्तरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता रहेको बताए । शिक्षाको गुणस्तर सुधार भए देशमा दक्ष जनशक्तिको उत्पादन हुन्छ र यस कार्यमा हामी सबैले जुटेर काम गर्नुपर्नेमा जोड़ दिदै सहयोगी संस्थाका प्रवक्ता प्रमोद गुप्ताले अगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने कुरा बताउनु भयो।

“मा” संस्थाले प्रवासमा बस्ने मधेशीहरुको हकहितका लागि काम गर्नुका साथै मधेसमा बिभिन्न आपतकालीन समयमा निरन्तर सहयोग गर्ने काम गर्दै आएको छ। यसले मधेशीहरुको रीती रिवाज, परम्परा, संस्कृति संरक्षण जस्ता कार्यहरु गर्ने गरेको छ। उक्त आधारभूत बिधालयमा अध्यनरत जम्मा २३६ बालबालिकालाई झोला वितरण गरिएको बिधालय ब्यवस्थापन समिति अध्यक्ष नूर आलम बादशाहले जानकारी दिए ।

हातमा कपिकिताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफूलाई खुशीको अनुभूती भएको उनले उल्लेख गरे । झोला पाएपछि विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक सुरेश पंडितको विश्वास छ । झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने संघसंस्थाप्रति उनले आभार प्रकट गरे । आगामी दिनहरुमा पनि यस्तै किसिमको सहयोग प्राप्त भइरहोस भन्ने अपेक्षा व्यक्त गरे ।

झोला वितरण गर्ने कार्यक्रमको अध्यक्षता आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनील प्रसाद कुशवाहाले हाल सामुदायिक बिद्यालयहरु प्रति घट्दै गएको अभिभावकहरुको रुचिलाई पनि यस किसिमको सहयोगबाट बिद्यार्थीहरु लाभान्वित हुदा अभिभावक वर्गको पनि सामुदायिक बिद्यालयप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । बिधार्थीहरुलाई नियमित रूपमा बिधालयमा पठाईदिन आग्रह गर्दै वहाँले छिटै बिधार्थीहरुका लागि खेलकूद सामग्री बितरण गर्ने जानकारी दिनुभयो।

सो कार्यक्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य शिव नारायण साह, बिधालय ब्यवस्थापन समिति सदस्य फागुनी मुखिया, शेख सरफुदीन, पार्वती देवी, शिक्षक नवल किशोर साह, मणि लाल कर्ण लगायत अभिभावकहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन नूर आलम बादशाहले गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार