सिरहामा स्रोत नखुलेको रूपैयाँसहित एक जना पक्राउ

२०८२ मंसिर २३, मंगलवार २१:२२
साङ्केतिक तस्बिर

सर्लाही – सिरहामा स्रोत नखुलेको रूपैयाँसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको बरियारपट्टी गाउँपालिका – ३ बस्ने ४६ वर्षीय दिनेश महतो रहेका छन्। प्रहरीका अनुसार उनलाई स्रोत नखुलेको नगद सात लाख रूपैयाँसहित मंगलबार दिउँसो पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ ए डब्लू ८३७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार