लालबन्दी – सर्लाहीमा नक्कली नेपाली रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बिष्णु गाउँपालिका – ६ बाट नक्कली नेपाली रुपैयाँसहित एक युवक पक्राउ परेका हुन्।
प्रहरीका अनुसार बुधबार राति करिब ९ बजेतिर इलाका प्रहरी कार्यालय फेन्हाराबाट खटिएको टोलीले भारतबाट सिमरातर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक जिल्लाको कौडेना गाउँपालिका – ५, छपकैया निवासी करिब ३० वर्षीय फिरोज खानको पछाडिको गोजीमा नेपाली १,००० का ९५ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
नक्कली नोट बरामद भएपछि खानलाई नियन्त्रणमा लीईएको हो। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहिमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





