गोडैताका दुई वडा बालबिबाह मुक्त वडा घोषणा

२०८२ मंसिर २५, बिहीबार १९:१८

सर्लाही – सर्लाहीको पश्चिमी भेगस्थित गोडैता नगरपालिकाका दुई वटा वडा बालबिबाह मुक्त वडा घोषणा भएका छन्।

गोडैता नगरपालिकाका दुई वडा ( वडा नम्बर १ बहादुरपुर र वडा नम्बर १२ मधुवनी ) आज एकै दिन बालबिबाह मुक्त वडा घोषणा भएका हुन्। गोडैता नगरपालिका बाल अधिकार समितिले आवश्यक मापदण्ड पूरा गरेपछि यी दुई वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो।

आज रास्ट्रिय रोजगार प्रबद्वन केन्द्र र सेभ द चिल्ड्रेन तथा गोडैता नगरपालिकाले आज दुई वटै वडा कार्यालयमा औपचारिक समारोह गर्दै पालिकाका दुई वटा वडा बालबिबाह मुक्त वडा घोषणा गरिएको हो।

कार्यक्रममा मन्तब्य राख्ने अधिकांश अतिथिले अव वडा हुँदै पालिका नै बाल बिबाह मुक्त बनाउनु पर्नेमा जोड दिए, जसका लागि समाजमा बाल बिबाह न्यूनीकरण गर्न बिभिन्न कार्यहरु भईरहेका र गर्न माग पनि गरेका थिए।

घोषणासँगै अब दुवै वडामा बालबिवाह हुन नदिन नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम गरिने स्थानीय तहले जनाएका छन्। यसका साथै, अब स्थानीय स्तरमा वैवाहिक उमेर प्रमाणीकरण कडाइका साथ लागू गरिने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार