मलंगवा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. २ बाट राष्ट्रिय मुक्ति पार्टीले अध्यक्ष राजेन्द्र महतोको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
मलंगवामा आज बसेको जिल्ला कार्यसमितिको बैठकले महतोको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

जिल्लाका अन्य निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम भने पार्टीको आगामी बैठकबाट सिफारिस गरिने पार्टीका जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिए।





