मलंगवा – सर्लाहीमा प्रहरीले अवैध रूपमा गरिएको गाँजा खेति फँडानी गरेको छ। जिल्लाको लालबन्दी नगरपालिका – १४ मायास्थानस्थित चुरे क्षेत्रमा फैलिएको करिब ४० बिघा जमिनमा लगाइएको गाँजा खेती फँडानी गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब १३० जना सुरक्षाकर्मी संयुक्त रूपमा परिचालन भई दुई लाखभन्दा बढी गाँजाका बोट नष्ट गरिएको हो। चुरे क्षेत्रलाई गाँजा खेतीबाट मुक्त गराउने उद्देश्यले निरन्तर निगरानी र कारबाही भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले यस अघि पनि जिल्लाको ईश्वरपुर नगरपालिका – १२ पिपलदमारमा साढे तीन बिघा जमिनमा लगाइएको १८ हजार ५०० गाँजाका बोट नष्ट गरेको थियो।





