मलंगवा – सर्लाहीको बलरा नगरपालिका – ७, डुमरिया बालबिबाह मुक्त वडा घोषणा भएको छ। पालिकाका स्थानीय, सरोकारवाला निकाय, महिला, बालबालिकाको उपस्थितिमा एक कार्यक्रमका बिच सो वडालाई आज बालविवाह मुक्त वडा घोषणा गरिएको हो।
आज सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा रास्ट्रिय रोजगार प्रबर्द्वन केन्द्र सर्लाही र बलरा नगरपालिकाको समन्वयमा एक समारोह गर्दै डुमरियालाई वडा बालबिबाह मुक्त वडा घोषणा गरिएको हो।

यस वडामा बालविवाह नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम भएका थिए । यसघि जिल्लाको गोडैता नगरपालिकाका दुई वटा वडा ( वडा नम्बर १ बहादुरपुर र वडा नम्बर १२ मधुवनी ) एकै दिन बालबिबाह मुक्त वडा घोषणा भएका थिए।





