पार्टी भ्रष्टाचारमा लिप्त भएको भन्दै जनमत पार्टी परित्याग गरेका चौधरी जसपा नेपालमा प्रवेश

२०८२ पुष २, बुधबार १९:३०

सर्लाही – जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

बुधबार जसपा नेपालको केन्द्रीय कार्यालय काठमाडौमा आयोजित एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गरी पार्टीमा भित्र्याएका छन् ।

पार्टी प्रवेशपछि चौधरीले, मधेशका मुद्दा, अधिकार र पहिचानलाई संस्थागत गर्नका लागि जसपा नेपाल उपयुक्त शक्ति भएको उल्लेख गरे । उनको प्रवेशले मधेश प्रदेशमा पार्टीको संगठन थप मजबुत हुने विश्वास जसपा नेपालका नेताहरूले व्यक्त गरेका छन् ।

कार्यक्रममा जसपा नेपालका मधेस प्रदेश अध्यक्ष बालकिशाेर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव र बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन राय लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार