मलंगवा – इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो।
जिल्ला प्रहरी कार्यालय मलंगवामा आज ( सोमबार ) आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले सम्मानपत्र तथा नगदसहित अधिकारीलाई सम्मान प्रदान गरेका थिए।

फरार कार चालक पक्राउ, एम्बुलेन्सबाट गाँजा बरामद, भरुवा बन्दुक तथा भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको आधारमा अधिकारीलाई मंशिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरीले जनाएको छ।





